३० असार २०८३, मंगलबार

यस्तो बनेर आयो ‘जय श्री दाम’को ट्रेलर

मंसिर २३, २०७५
यस्तो बनेर आयो ‘जय श्री दाम’को ट्रेलर

काठमाडौं– चलचित्र ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक गरिएको छ ।

कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा पैसाको लागि गर्ने ब्ल्याकमेलिङलाई देखाइएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, जेविका कार्की र बिष्णु सापकोटा लगायत फिचर्ड छन् ।

विप्लव उप्रेती निर्देशित चलचित्र पुस २० गतेबाट प्रदर्शनमा आउँदैछ । विप्लवको यो डेब्यू निर्देशन हो । चलचित्रको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् । मित्र डि गुरुङ र रविन आचार्य सह–निर्मातामा छन् । अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’ मा मित्र डि गुरुङको सम्पादन छ ।

चलचित्रमा रविन आचार्यको डिओपी, नवराज उप्रेतीको छायाँकन तथा सुशान्त गौतमको संगीत छ ।

salt training

कमेन्ट गर्नुहोस्