×

NMB BANK
NIC ASIA

बैंकहरूबीच निक्षेपमा व्याज बढाउने प्रतिस्पर्धा, अर्थविद् भन्छन्– कर्जामा व्याज बढाउने रणनीति

मंसिर २३, २०७५

NTC
Premier Steels

काठमाडौं– नेपाल बैंकर्स एसोसियनले मुद्दती निक्षेपमा दिइने व्याजको सीमा हटाएपछि बैंकहरूबीच व्याजदर बढाउने प्रतिस्पर्धा नै चलेको छ । 

Muktinath Bank

एसोसियनले गत मंगलवार गरेको व्याजदरको सीमा हटाउने निर्णयले केही वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म व्याज दिने घोषणा गरेका छन् । सिभिल बैंकले शनिवार सूचना जारी गर्दै मुद्दती निक्षेपमा १३ प्रतिशत व्याज दिने घोषणा गरेको छ । त्यस्तै सेन्चुरी कमर्सियल बैंक र कुमारी बैंकले समेत मुद्दती निक्षेपमा १२ देखि १३ प्रतिशत व्याज दिने घोषणा गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकहरूले यसअघि दिने यस्तो व्याजको सीमा साढे १० प्रतिशत रहेको थियो । अर्थात् बैंकहरूले यसअघि मुद्दती निक्षेपमा साढे १० प्रतिशत भन्दा बढी व्याज दिन पाउँदैनथे । सरकारले स्थानीय तहमा जाने अनुदान रकमको ५० प्रतिशत रकम वाणिज्य बैंकहरूमा राख्ने निर्णय गरेसँगै बैंकर्स एसोसियनले यस्तो निर्णय गरेको यसअघि नै जानकारी गराएको थियो ।


Advertisment
Nabil box
Kumari

बैंकहरूबीच निक्षेपमा व्याज बढाउने प्रतिस्पर्धा चलिरहँदा अर्थविदहरू भने यसलाई कर्जामा पनि व्याज बढाउने रणनीतिका रूपमा हेछन् । अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राम्ररी निगरानी गर्न नसके वाणिज्य बैंकहरूले कर्जामा समेत व्याज बढाउन सक्ने बताए ।

Vianet communication

‘सरकारले समेत स्थानीय तहमा जाने अनुदान रकमलाई वाणिज्य बैंकहरूमा राख्ने निर्णय गरेको आवस्थामा बैंकहरूले निक्षेपमा व्याज बढाउनुले कर्जामा समेत व्याज बढाउने संकेत मिलेको छ,’ पूर्वगभर्नर क्षेत्रीले भने ।

‘वाणिज्य बैंकहरूमा राख्ने सरकारी रकम निःशुल्क हो । त्यसमाथि मौद्रिक नीतिले नै बैंकहरूसँग बचत रहने व्यवस्था गरेको छ,’ उनले लोकान्तरसँग भने, ‘सरकारले बैंकहरूमा निःशुल्क रकम राखेपछि बैंकहरूको बेसरेट घट्नु पर्ने हो, तर बेसरेट घटेन । यो हेर्दा कर्जामा व्याजदर बढाउने रणनीति हो जस्तो लाग्छ ।’

राष्ट्र बैंकले निक्षेप र कर्जाको व्याजदर बीचको अन्तर ४ दशमल ५ हुने गरी स्प्रेडदर तोकेको छ । निक्षेपमा १३ प्रतिशत व्याज दिँदा बैंकहरूले यसैलाई देखाएर कर्जामा १७.५ प्रतिशतसम्म व्याज पु¥याउन सक्छन् ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले राम्ररी निगरानी गर्न नसकेमा बैंकहरूले कर्जामा दिने व्याज समेत बढाउने र त्यसका लागि राम्ररी निगरानी गर्नुपर्ने समेत क्षेत्रीले बताए ।

यसबाहेक बैंकहरूले व्याजदर बढाउनका केही फाइदा समेत रहेका क्षेत्रीले बताए । क्षेत्रीले बैंकहरूले निक्षेपमा व्याजदर बढाउँदा मानिसहरूमा बचत गर्ने बानीको विकास हुने र फजुल खर्च रोक्ने बताए ।
‘व्याजदर बढाउनाले बचत गर्ने बानीको विकास हुन्छ, फजुल खर्च रोकिन्छ,’ उनले भने, ‘एक हिसाबले मुलुकको आर्थिक विकासमा समेत यसले सघाउँछ ।’

बैंकहरूले व्याजदर बढाए भने सामान्य मानिस पनि बचततर्फ आकर्षित हुने र यसले आन्तरिक स्रोत, साधानलाई बलियो बनाउने लगायतका पक्ष राम्रा रहेका उनले बताए ।

पछिल्लो समय केही बैंकहरूले तरलताको अभाव रहेको बताएपछि सरकारले स्थानीय तहमा अनुदानका रूपमा पठाउने रकमको ५० प्रतिशत रकम वाणिज्य बैंकमार्फत् र ५० प्रतिशत राष्ट्र बैंकमार्फत् पठाउने निर्णय गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x