
इलाम –इलामको सूर्योदय नगरपालिका- ७ कन्याममा वनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ ।
सुनसरीको दुहबी नगरपालिका- ७ मा रहेको सुलभ सहकारी संस्थाले आयोजना गरेको वनभोज कार्यक्रममा वनभोज खाने क्रममा खाना सर्किएर सोही सहकारीका कर्मचारी वर्ष ४५ का उदयमान चौधरीकाे मृत्यु भएकाे हाे ।
खाना सर्किएर गम्भीर बिरामी परेका चौधरीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएकाे प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।