१९ असार २०८३, शुक्रबार

प्रियंकाका बारेमा जथाभावी लेख्ने पत्रकारले मागिन् माफी

मंसिर २३, २०७५
प्रियंकाका बारेमा जथाभावी लेख्ने पत्रकारले मागिन् माफी

काठमाडौं — बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनासलाई बिहेमा फसाएर आफ्नो करीयर अघि बढाउन चाहेको र उनी ठग कलाकार भएको लेख्ने एक अमेरिकी पत्रकारले माफी मागेकी छन् । 

मारिया स्मिथले आफूले लेखेको कुराको पूर्ण जिम्मेवारी लिएको र आफू गलत रहेको लेखिन् । ‘म साँच्चिकै क्षमा माग्छु,’ उनले भनिन् । 

न्युयोर्कमा सञ्चालित एक वेबसाइट द कटमा उनले लेखेको लेख हटाइएको छ । 

प्रियंकाको प्रतिरक्षामा धेरै भारतीयहरू अघि आएका थिए र द कटविरुद्ध जातिभेदको आरोप लगाएका थिए । 

तर स्मिथले जातिवाद, विदेशीप्रतिको घृणा वा लिंगभेदलाई समर्थन नगरेको बताइन् । 

यसअघि द कटले पनि माफी माग्दै उक्त लेख आफूहरूको मापदण्ड अनुरूपको नभएको बतायो । 

प्रियंका र निकले भारतको राजस्थानमा अघिल्लो सप्ताहान्तमा विवाह गरेका थिए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्