
काठमाडौं — ताइवान प्रहरीले दही चोर खोज्नका लागि निकै मेहनत गरेको खबर सार्वजनिक भएको छ ।
एक महिला विद्यार्थीले आफ्नो फ्रिजबाट दही चोरी भएको उजुरी प्रहरीसमक्ष गरेपछि प्रहरीले दही चोर समात्नका लागि फिंगर प्रिन्टदेखि लिएर डीएनए परीक्षणसम्म गरेको छ ।
तर प्रहरीको यो तत्परता स्थानीयहरूले मन पराएनन् र यो खर्चिलो अनुसन्धानका लागि प्रहरीको आलोचना गरे ।
छात्रावासमा बस्ने एक महिलाले आफ्नो फ्रिजबाट दही चोरी भएपछि सँगै बस्ने पाँच विद्यार्थीसँग खैखबर गरिन् । सबैले यस विषयमा कुनै पनि जानकारी नभएको बताए ।
अनि रिसाएकी महिलाले प्रहरीसमक्ष उजुरी गरिन् । उनी दहीको प्याकेट लिएरै प्रहरी चौकी पुगिन् ।
प्रहरीले यति सामान्य विषयलाई त्यत्तिकै नछोडिदिएर उजुरी दर्ता ग–यो । उसले फिंगरप्रिन्ट लिन खोज्यो तर सफल भएन । अनि महिलाले अन्य वैज्ञानिक उपाय लगाएर खोज्न भनेपछि प्रहरीले ६ जनाको डीएनए परीक्षण गरेर चोर पक्रियो ।
डीएनए परीक्षणका क्रममा ७० हजार रुपैयाँ खर्च भयो । चोरिएको दही जम्मा डेढ सय रुपैयाँको थियो । यति सानो कुरा खोज्न यत्रो रकम खर्च गरेको भन्दै प्रहरीको आलोचना गरिएको छ ।
एजेन्सी