०८ असार २०८३, सोमबार

नासाको ल्यान्डरले रेकर्ड गर्‍यो मंगल ग्रहको आवाज

मंसिर २३, २०७५
नासाको ल्यान्डरले रेकर्ड गर्‍यो मंगल ग्रहको आवाज

काठमाडौं — अमेरिकी अन्तरिक्ष नियोग नासाको इन्साइट ल्यान्डरले मंगल ग्रहमा हावा सरर चलेको आवाज रेकर्ड गरेको छ । पृथ्वीवासीले पहिलोपटक मंगलको आवाज सुन्न पाएका छन् । 

इन्साइट ल्यान्डरले मंगलमा १० देखि १५ माइल प्रतिघन्टाको हिसाबमा चलेको हावाको आवाज रेकर्ड गरेको हो । नासाले ल्यान्डरलाई नोभेम्बर २६ मा मंगल ग्रह पठाएको थियो । 

इम्पेरियल कलेज लन्डनका प्रमुख अनुसन्धानकर्ताले एक पत्रकार सम्मेलनमा बताए, ‘सीस्मोमिटरबाट प्राप्त यो प्रारम्भिक १५ मिनेटको डेटा हो । यो झण्डा फर्फराउँदा आउने आवाज जस्तै सुनिन्छ । वास्तवमै पारलौकिक आवाज हो यो ।’

इन्साइट ल्यान्डरलाई मंगल ग्रहको भित्री जानकारी अध्ययन गर्नका लागि बनाइएको हो । यसले भूकम्पका बारेमा अनि ग्रहको माथिल्लो सतहमा निस्कने तापको पनि अध्ययन गर्छ । 

मंगल ग्रहको आवाज www.nasa.gov/insightmarswind मा गएर सुन्न सकिन्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्