कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका– २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ महिना पुग्न लागिसकेको छ । तर हत्यामा संलग्न वास्तविक अभियुक्त पहिचान समेत हुन सकेको छैन ।
पछिल्लो समय प्रहरीले निर्मलाको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा २ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का प्रदीप रावल र विशाल चौधरीमाथि अनुसन्धान गरिरहेको प्रहरीले निर्मलाको हत्यामा संलग्न अभियुक्त ‘नजिक’ पुगिसकेको बताएको छ ।
निर्मला प्रकरणमा घटनाको शुरूवाती अनुसन्धानमै गम्भीर नदेखिएको प्रहरीमाथि पछिल्लो पटक रावल र चौधरीको नियन्त्रणलाई लिएर पनि विभिन्न प्रश्न उठ्न थालेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट प्रकाशित एक स्थानीय दैनिक पत्रिकाले प्रहरी हिरासतमा रहेका प्रदीप र विशाल ‘निर्दोष’ रहेको उल्लेख गर्दै घटना भएको दिन (साउन १० गते) दुवैजना प्रहरी हिरासतमा रहेको लेखेको छ ।
उनीहरू प्रहरी हिरासतमा रहेको विषयलाई एक पसलबाट ‘कुखुरा चोरी’ भएको घटनासँग जोडिएको छ । कुखुरा चोरी भएको भनिएको पसलका सञ्चालक हुन्, भीमदत्त नगरपालिका– १८ पथ्थरपुरका पुनिराम चौधरी । चौधरीलाई त्यहाँका स्थानीयले ‘पाले दाइ’ भनेर बढी चिन्छन् ।
पुनिरामले पसलमा कुखुराको मासु र माछा काटेर बिक्री गर्दथे (अहिले पनि गर्छन्) ।
साउन ९ गते बुधवार (निर्मला घरबाट हराएको अघिल्लो दिन) राति ८ बजेपछि पुनिराम आफ्नो पसल बन्द गरेर पथ्थरपुरस्थित आफ्नो घरतर्फ लाग्छन् । भगतपुरको सैनिक व्यारेकनजिक रहेको पसलबाट पैदल हिँडेर घर पुग्न पुनिरामलाई १० मिनेटजति लाग्छ ।
दोस्रो दिन (साउन १० गते) बिहान ८ बजेतिर पुनिराम पसलमा पुगे । पसल पुग्दा भित्र तोडफोड भएजस्तो देखियो । त्यसपछि उनले हतार–हतार घर्रामा हेरे । दोस्रो दिनका लागि कुखुरा र माछा किन्न अघिल्लो दिनको साँझ उनले घर्रामा १६ हजार रुपैयाँ राखेका थिए । घर्रामा हेर्दा थाहा भयो, पैसा चोरी भएछ । पैसा मात्र हैन खाना पकाउने (एलपी) ग्यासका दुई सिलिन्डर, साँझ बाँकी रहेको कुखुराको मासु, मासु पोल्ने मेसिन र पानीसहितको ग्यालेनमा रहेका जिउँदा माछा समेत चोरी भएका रहेछन् ।
पसलमा चोरी भएको देखेपछि पुनिरामले स्थानीयलाई खबर गरे । स्थानीयले भीमदत्त– १८ कै प्रदीप रावलमाथि शंका गरे । पुनिरामको पसलमा स्थानीयको भीड जम्मा हुँदासम्म प्रदीप पनि त्यहाँ पुगिसकेका थिए । प्रदीपलाई देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरे ।
स्थानीयले खबर गरेको करीब १५ मिनेटपछि प्रहरी बिट सालघारीबाट २ जना प्रहरी पुनिरामको पसलमा आइपुगे । स्थानीयले प्रदीपलाई देखाउँदै ‘उसैले चोरी गरेको हो’ भने ।
प्रहरीले पुनिरामकै अगाडि प्रदीपमाथि केरकार गर्यो । दुईमध्ये एक प्रहरीले प्रदीपलाई एक झापड समेत हाने । प्रदीपले आफूले चोरी नगरेको जिकिर गरे । बरु, आफ्ना साथी विशाल चौधरीले चोरी गरेको जानकारी आफूले पाएको प्रहरीलाई ‘सूचना’ दिए ।
प्रहरीले प्रदीपलाई ‘बोलाएका बेला चौकीमा आउनुपर्ने’ भन्दै पुनिरामकै अगाडि ‘नियन्त्रणमा नलिई’ छाडिदियो अनि पुनिरामलाई चोरीबारे उजुरी दिन वडा प्रहरी कार्यालय जान भन्यो ।
सोही दिन (साउन १० गते) दिउँसो २ बजे पुनिराम उजुरी दिन वडा प्रहरी कार्यालय महेन्द्रनगर पुगे । भीमदत्त नगरपालिका– १८ का विशाल चौधरीले आफ्नो पसलबाट नगद, कुखुराको मासु, माछा, ग्यासका २ सिलिन्डर र एउटा मासु पोल्ने मेसिन चोरी गरेको भन्दै वडा प्रहरी कार्यालयमा उजुरी दिए ।
पुनिरामले दिएको उजुरीका आधारमा प्रहरीले साउन १० गते साँझ ५ः३० बजेतिर विशाललाई पक्राउ गरेर हिरासतमा राख्यो । दोस्रो दिन (साउन ११ गते) दिउँसो ३ बजेतिर विशालका आमाबुवाको रोहवरमा कागज गरेर विशाललाई छाडियो । सामान्य ठेकेदारी गर्ने विशालका बुवाले पुनिरामको पसलबाट भएको चोरी बराबर आफूले नगद फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर गरेपछि विशाल प्रहरीको हिरासतबाट छुटेका थिए ।
पुनिरामले आफ्नो पसलबाट चोरी भएको १६ हजार रुपैयाँ नगदसहित कुखुराको मासु, माछा, ग्यासका २ सिलिन्डर र एउटा मासु पोल्ने मेसिन गरी २७ हजार रुपैयाँ फिर्ता पाउने गरी सम्झौता भएको लोकान्तरलाई जानकारी दिए ।
तर अहिलेसम्म पनि चोरी भएको सामान बराबरको पैसा भने फिर्ता नपाएको आइतवार लोकान्तरसँगको टेलिफोन कुराकानीमा पुनिरामले सुनाए ।
निर्मला कान्डमा प्रदीप र विशाल ‘निर्दोष’ हुन् ?
निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा साउन ११ गते (शुक्रवार) बिहान शव फेला परेको थियो । प्रदीप रावल अघिल्लो दिन साँझसम्म घरमै भएको स्थानीयहरू बताउँछन् । तर शुक्रवार दिउँसोदेखि प्रदीप घरमा देखिन छाडेका स्थानीयको भनाइ छ ।
प्रहरीका अनुसार प्रदीप सोही दिन भारतको खटिमास्थित आफ्नो मामाघर गएका थिए । त्यसको केही दिनपछि प्रदीप महेन्द्रनगर फर्किएका थिए । निर्मला हत्याकाण्डको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट डीएसपी अंगुर जिसी नेतृत्वको टोलीले प्रदीपलाई नियन्त्रणमा लिएर सोधपुछ पनि गरेको थियो । त्यतिबेला उनीविरुद्ध कुनै प्रमाण फेला नपरेपछि प्रहरीले छाडेको थियो ।
सीआईबीको टोलीले छाडेपछि प्रहरीले प्रदीपलाई पुनः पक्राउ गरेको थियो । त्यतिबेला पनि उनीविरुद्ध प्रमाण जुटाउन नसकिएपछि छाडिएको थियो । तर गत मंगलवार काठमाडौंबाट सीआईबीकै टोलीले प्रदीपलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
निर्मलाको बलात्कारपछि हत्यामा आफूसहित साथी विशालको पनि संलग्नता रहेको भन्ने प्रदीपकै बयानका आधारमा विशाललाई पनि पक्राउ गरिएको छ । कञ्चनपुर प्रहरीले पक्राउ गरेका विशाललाई काठमाडौं ल्याएर अनुसन्धान हुँदैछ । प्रहरीले दुवैजनाको डीएनए परीक्षणका लागि नमूना समेत संकलन गरिसकेको छ । प्रहरीकै भाषामा ‘छिट्टै’ डीएनए रिपोर्ट समेत सार्वजनिक हुँदैछ ।
तर कञ्चनपुरका केही ‘अधिकारकर्मी’ले भने प्रदीप र विशाल ‘निर्दोष’ रहेको भन्दै उनीहरूको पक्राउप्रति विरोध जनाएका छन् । उनीहरूलाई पनि भीमदत्त नगरपालिका–१९ बागफाँटाका दिलिप सिंह विष्टलाई जस्तै फसाउन खोजिएको अधिकारकर्मीहरूको भनाइ छ ।
कञ्चनपुरबाट प्रकाशित एक स्थानीय दैनिक पत्रिकाले दुईजना अधिकारकर्मी शारदा चन्द र मिना भण्डारीले जिल्ला प्रहरी कार्यालयमा गएर प्रदीप र दिनेश पक्राउ परेको कागजात हेरेको विषय उल्लेख गर्दै निर्मलाको बलात्कार भएको दिन उनीहरू दुवैजना प्रहरी हिरासतमा रहेको लेखेको छ ।
यस विषयमा बुझ्दा अधिकारकर्मी चन्द अहिलेसम्म प्रदीप र दिनेशको पक्राउबारे बुझ्न जिल्ला प्रहरी कार्यालय नपुगेको जानकारी लोकान्तरले प्राप्त गरेको छ ।
अधिकारकर्मी मिना भण्डारी मात्रै शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।
जिप्रका कञ्चनपुर पुगेर अधिकारकर्मी भण्डारीले कुखुरा चोरीको प्रकरणमा पक्राउ परेका व्यक्तिको कागजात हेरेकी थिइन् । अधिकारकर्मी भण्डारीसँग लोकान्तरले कुखुरा चोरीको अभियोगमा पक्राउ परेका व्यक्तिबारे जिज्ञासा राखेको थियो ।
लोकान्तरको जिज्ञासमा आफूले जिप्रका गएर पसल सञ्चालक पाले (पुनिराम) चौधरीले प्रहरीमा दिएको उजुरी र उनको उजुरीका आधारमा पक्राउ परेका व्यक्तिको विवरण उल्लेख गरिएको रजिष्टर हेर्न पाएको जानकारी दिइन् ।
पसलधनी पुनिरामले प्रहरीमा दिएको उजुरीमा विशाल चौधरीको नाम मात्रै उल्लेख भएको देखेको अधिकारकर्मी भण्डारीले लोकान्तरलाई जानकारी दिइन् । यस्तै चोरीको अभियोगमा विशाल चौधरीलाई मात्रै पक्राउ गरेको विवरण मात्रै रजिष्टरमा उल्लेख गरिएको देखेको भण्डारीले लोकान्तरलाई बताइन् ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...