२८ जेठ २०८३, बिहीबार

नारायणकाजीले भने– निर्धारित समयमा बैठक शुरु नभएपछि बाहिरियौँ

मंसिर २३, २०७५
नारायणकाजीले भने– निर्धारित समयमा बैठक शुरु नभएपछि बाहिरियौँ

धादिङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बैठक बहिस्कार गरेको नभइ निर्धारित समयमा बैठक नबसेपछि आफूहरु बाहिरिएको र यही विषयलाई बहिस्कार गरेको भनी प्रचार गरिएको बताएका छन् । 

धादिङको त्रिपुरासुन्दरी माइ मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुन यहाँ आएका श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमा पार्टी बैठकबारे गलत प्रचार भएको प्रतिक्रिया दिए । 

‘समृद्ध नेपाल, सुखी नेपाली’को कार्यभार पूरा गर्न पार्टीको बैठकहरु निर्धारित समयमा शुरु गर्ने, विशेष काम पर्दा १५ मिनेटसम्म कुर्ने र त्यसपछि पनि कुर्नुपर्ने भएमा पार्टी अध्यक्ष वा महासचिवले जानकारी दिनुपर्ने पूर्वसहमतिअनुसार बैठक शुरु गर्ने भनिएको समयभन्दा १५ मिनेट कुरीसक्दा पनि पार्टी अध्यक्ष र महासचिव दुवै जना नआएपछि आफूहरु बाहिरिएको प्रवक्ता श्रेष्ठले बताए । 

संविधान कार्यान्वयनको क्रममा सरकारले गरेको कामको प्रसंशा गर्दै प्रवक्ता श्रेष्ठले समाज रुपान्तरणका लागि अझै प्रभावकारी काम गर्र्नुपर्ने सुझाव दिए । 

salt training

कमेन्ट गर्नुहोस्