२५ जेठ २०८३, सोमबार

२५ वर्षे शिक्षा राणनीति तयार

मंसिर २४, २०७५
२५ वर्षे शिक्षा राणनीति तयार

काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २५ वर्षे शिक्षा रणनीति तयार गरेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षाको समग्र अवस्था अध्ययन गरी २५ वर्षे रणनीति तयार गरेको हो ।

२४ सदस्यीय आयोगले प्रारम्भिक प्रतिवेदन तयार गरी प्रदेश स्तरमा १३ हजार सरोकारवालासंग सुझाव लिएपछि २५ वर्षे शिक्षा नीति तयार गरेको हो । आयोगले अहिले अन्तिम दस्तावेज निर्माणमा जुटेको छ । आयोगले तयार गरेको २५ बुँदे  रणनीतिमा पूर्ण रुपमा सक्षम शिक्षकको पकिल्पना गरेको छ ।

जसअनुसार अबको २५ वर्षभित्र सबै विद्यालयमा योग्यता पुगेका स्थायी शिक्षक हुनुपर्ने परिकल्पना गरिएको छ । हाल मुलुकभर अस्थायी, राहतसहित १४ प्रकारका शिक्षक कार्यरत छन् । अब स्थायीबाहेक अन्य शिक्षक हुने छैनन –नीति तयार गर्ने क्रममा मन्त्रालयका एक उच्च अधिकारीले भने ।

मन्त्रालयले तयार गरेका २५ वर्षे योजना भने गोप्य राखिएको छ । आयोगको पूर्ण दस्तावेज तयार भएपछि सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्