०१ असार २०८३, सोमबार

राजदूत शेर्पा स्पटीकरण दिन हाजिर, वाङ्छुले भने– अर्दली बन्न ३३ लाख बुझाएँ

मंसिर २४, २०७५
राजदूत शेर्पा स्पटीकरण दिन हाजिर, वाङ्छुले भने– अर्दली बन्न ३३ लाख बुझाएँ

काठमाडौं– मानव तस्करी र श्रम शोषणको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा आइतबार परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिन हाजिर भएकी छिन् । लिखित जवाफ चित्त नबुझेपछि मन्त्रालयले उनलाई बोलाएको हो । 

आजको कान्तिपुर दैनिक लेख्छ–पूर्वअर्दली वाङ्छु शेर्पाले राजदूतमाथि आफूलाई श्रम शोषण गरेको र मानव तस्करीमा संलग्न भएको आरोप लगाएपछि मन्त्रालयले छानबिन समिति नै बनाएको छ । 

वाङ्छुले राजदूतको अर्दली बन्न आफूले ३३ लाख रुपैयाँ बुझाएको दाबी गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्