२२ जेठ २०८३, शुक्रबार

रोहित बने इन्डोनेसियाको ‘लिग वान’ मा सर्वोत्कृष्ट

मंसिर २४, २०७५
रोहित बने इन्डोनेसियाको ‘लिग वान’ मा सर्वोत्कृष्ट

काठमाडौँ - नेपाली मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको माथिल्लो डिभिजन फुटबल प्रतियोगिता ‘लिग वान’ मा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

उनको क्लब पर्सिजा जकार्ता लिग च्याम्पियन भएसँगै आइतबार जकार्तामा रोहितले लिगकै सर्वोत्कृष्ट खेलाडीको ‘गोल्डेन बल’ पुरस्कार पाएका हुन् । प्रतिष्ठित लिगमा यस्तो अवार्ड जित्ने उनी पहिलो नेपाली हुन् ।

पूरै सिजन उत्कृष्ट प्रदर्शन गरेका २६ वर्षीय रोहितले पर्सिजालाई १७ वर्षपछि लिग च्याम्पियन बन्न मुख्य भूमिका निर्वाह गरेका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्