
काठमाडौं– यूएस–बंगला एयरलाइन्स जहाज दुर्घटना जाँचबुझ प्रतिवेदनमाथि आपत्ति जनाउँदै बंगलादेशी एयरलाइन्सले अधिकांश विषय संशोधन प्रस्ताव पठाएको छ । जाँचबुझ आयोगका अध्यक्ष यज्ञ गौतमले भदौ २०मा बुझाएको प्रतिवेदनमा यूएस–बंगलाले आपत्ति जनाएको हो ।
गौतम नेतृत्वको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारलिाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा औंल्याइएका अधिकांश विषयमाथि एयरलाइन्सले संशोधन प्रस्ताव गरेको आयोगका एक सदस्यले बताए ।, कारोबारमा खबर छ ।