३१ जेठ २०८३, आइतबार

अख्तियारको ‘स्टिङ अप्रेसन’ : ३५ प्रतिशत स्थानीय तह निगरानीमा

मंसिर २४, २०७५
अख्तियारको ‘स्टिङ अप्रेसन’ : ३५ प्रतिशत स्थानीय तह निगरानीमा

हेटौंडा—अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयले स्टिङ अप्रेसन गरी नौ जनालाई घुस रकमसहित पक्राउ गरेको छ । यस्तै मकवानपुरका करिब ३५ प्रतिशत स्थानीय तह आयोग क्षेत्रीय कार्यालयको निगरानीमा परेका छन् ।

अख्तियार क्षेत्रीय कार्यालय हेटौंडाकी प्रमुख हुमकला पाण्डेले भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय अभियानका क्रममा आइतबार हेटौंडमा आयोजित कार्यक्रममा यसबारे जानकारी गराएकी हुन् । पाण्डेका अनुसार कार्यालयको क्षेत्राधिकारभित्र पर्ने बारा र पर्साको शिक्षा क्षेत्रमा बढी भ्रष्टाचार देखिएको छ । विशेषगरी शिक्षक नियुक्तिमा बढी भ्रष्टाचार हुने गरेको उनको भनाइ छ ।

कार्यालयको ३ नम्बर प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुरबाहेक १० जिल्लासहित बारा र पर्सा कार्यक्षेत्र रहेको छ । यस क्षेत्रमा सबैभन्दा बढी शिक्षा,स्वास्थ्यसहित सामाजिक सुरक्षाभत्ता, लक्षित कार्यक्रमका रकम तथा उपभोक्तामार्फत् भइरहेका काममा बढी भ्रष्टाचार देखिएको हो ।

यस आवको हालसम्म ५ सय ५५ मुद्दा दर्ता भएका छन् जसमध्ये २ सय ५५ फछ्र्योटभएका छन् भने ३ सय त्यत्तिकै छन् ।

salt training

कमेन्ट गर्नुहोस्