१५ असार २०८३, सोमबार

कृषि प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थी म्याग्दीमा

मंसिर २४, २०७५
कृषि प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थी म्याग्दीमा

म्याग्दी-  म्याग्दीको मालिका गाउँपालिका–७ विममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि नेपालका १८ वटा जिल्लाबाट विद्यार्थी आएका छन् । 

कृषि विषय अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधारको अभाव हुँदै गएको छ । शिक्षालयमा छात्र (केटा) को तुलनामा छात्रा (केटी) को सङ्ख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयले जनाएको छ । 

२०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महीने जेटिए, गत वर्षदेखि तीन वर्षे आइएससी (एजी) र यस वर्षदेखि भेटेनरी (पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी) शिक्षा शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १८ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका शिक्षालयका संयोजक करन कँडेलले बताउनुभयो ।

संयोजक कँडेलका अनुसार जेटिए र आइएससी (एजी) विषयमा १२३ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ७३ छात्रा र ५० छात्र रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्