
सुर्खेत- मध्य पश्चिमाञ्चल विश्वविद्यालयमा रजिष्टार डा. महेन्द्र मल्ललाई कारवाही गरिनु गलत भएको भन्दै आन्दोलनमा उत्रिएका नेपाली कांग्रेस निकटका विद्यार्थीले विश्वविद्यालयमा ढुंगामुढा गरेका छन् । ढुगामुढामा संलग्न १४ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले क्याम्पस हाताभित्र पसेर नारा जुलुस गर्दे बैंकको काउण्टर रहेको भवनमा ढुंगा हानी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । पक्राउ पर्नेहरुको नाम अहिले खुल्न सकेको छैन ।