
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक शुरूवात गरेको छ ।
बैंकले मंसिर २१ गते मकवानपुरको हेटौडा उपमहानगरपालिकास्थित हेटौडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिकास्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिकास्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले शुरूवात गरेको छ ।
हेटौडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जयमुकुन्द खनाल र हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले संयुक्त रुपले गरे । इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले संयुक्त रुपले गरे ।

कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले संयुक्त रुपले गरे ।
नयाँ शाखामार्फत् बैंकले आफ्ना ग्राहकलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराएको छ । बैंकले गत असोज मसान्तसम्म ७७ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ७१ अर्ब कर्जा प्रवाह गरेको छ भने सोही अवधिमा ३७ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकले देशभर आफ्ना ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत ३८ शाखारहित बैंकिङ सेवा समेत गरी १ सय २६ स्थानबाट ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर १ सय ६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।