
काठमाडौं– अभिनेता अनमोल केसीलाई फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको चलचित्र ‘क्याप्टेन’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
दुई पोष्टरमध्ये एकमा नायक अनमोललाई मात्र फिचर्ड गरिएको छ । जहाँ उनि फुटबल बोकेर उभिएका छन् । त्यस्तै अर्को पोष्टरमा अनमोलसंगै सुनिल थापा र प्रशान्त ताम्राकार फिचर्ड छन् ।
राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथामा निर्माण गरिएको चलचित्रलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन । चलचित्रमा अनमोल, सुनिल, प्रशान्तसंगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सरोज खनाल, विल्सन विक्रम राई लगायतका अभिनय छ । फागुन १७ लाई प्रदर्शन मिति तोकिएको चलचित्रको पहिलो गीत आउँदो बिहीबार सार्वजनिक हुँदैछ ।
भुवन केसीको निर्माण रहेको चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, सुदिप बरालको छायाँकन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत र दिर्घ खड्काको सम्पादन छ ।
