०८ असार २०८३, सोमबार

लन्डनबासी तिमिल्सेनाको सहयोगमा बन्यो धादिङमा विद्यालय

मंसिर २४, २०७५
लन्डनबासी तिमिल्सेनाको सहयोगमा बन्यो धादिङमा विद्यालय

धादिङ–बेलायतमा बस्दै आएका कृष्ण तिमिल्सेनाको आर्थिक सहयोगमा धादिङको निलकण्ठ नगरपालिका १४ धुवाँकोटमा रहेको श्री सरस्वती माध्यमिक विद्यालय पुनर्निर्माण सम्पन्न भएको छ । 
धादिङ धुवाँकोटकै स्थायी बासिन्दा उनले केही अघि विद्यालयलाई रु १३ लाख ६० हजार सहयोग गरेका थिए । 

डेढ दशकदेखि लन्डनमा व्यवसाय गर्दै आएका  तिमिल्सेनाले ०७२ सालमा आएको भूकम्पले ध्वस्त भएको विद्यालय पुनर्निर्माणका लागि आर्थिक समस्या परेको थाहा पाएसँगै आर्थिक सहयोग उपलब्ध गराएका थिए । 

सोही विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरेको तिमिल्सेनाले भने, ‘आफैँले कखरा सिकेको विद्यालयलाई  रकम सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’ 

लण्डनमा व्यसायका साथै विभिन्न संघसंस्थामा समेत संलग्न तिमिल्सेनाले धुवाँकोटकै तमैरातमाटे माविका लागि पनि  ३ लाख रुपैयाँ सहयोग  गरेका थिए । यस्तै उनले नेपालमा वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न सामाजिक काममा निरन्तर सहयोग गर्दै आएका छन् । 

तिमिल्सेना नेपलिज् सेफ एसोसिएसन यूकेका अध्यक्ष, एनआरएनए यूके पूर्व उपाध्यक्ष तथा एनआरएनए आइसीसी पूर्व सदस्य हुन् ।

 हाल उनी एनआरएनए केन्द्रको ट्रेड इन्भेस्टमेन्ट प्रमोसन र पोलिसी एन्ड प्रोसिडुर्स टास्क फोर्समा समेत संलग्न छन् ।

salt training

कमेन्ट गर्नुहोस्