०३ असार २०८३, बुधबार

त्रिविको खेलवाड, कर्मचारी विद्यार्थीको भविष्यसँग जिस्कछन्

मंसिर २५, २०७५
त्रिविको खेलवाड, कर्मचारी विद्यार्थीको भविष्यसँग जिस्कछन्

काठमाडौं-   ‘रजिस्ट्रेसन नम्बर छैन । भरेर अर्को पटक आउनू । आज हुँदैन तपाईको काम ।’ झ्यालभित्रबाट बोल्ने कर्मचारीको स्वर रवाफपूर्ण थियो। झ्याल बाहिर उभिएका युवकले अनुनय गरे, ‘मेरो आलरणीय दाजु । लौन मिलाउनु पर्यो।’ छेउमा हेलमेट बोकेर उभिरहेकी युवती खितिति हाँसिन् ।

कर्मचारी र युवती गफिन थाले । बेलाबेलमा जिस्कन्थे । बेस्सरी हाँस्थे पनि । युवालाई कुममा हिर्काउँदै युवतीले भनिन्, ‘म फोन गरेर भाउजुलाई भन्दिन्छु नि ।’  युवा मस्किन थाले । कर्मचारी पनि मस्किन थाले । तर हँसिमजाक जारी थियो ।

कर्मचारी  र युवाबीच खासखुस चल्यो । त्यसपछि ती युवकले सानो कागजमा फोन नम्बर लेखेर झ्यालबाट भित्र दिए । खासखुस पछि करिब ५–७ मिनेटमा ट्रान्सक्रिप्ट आयो । ती युवकले कर्मचारीलाई भने, ‘मैले तपाइलाई अप्ठ्यारो पार्दिन ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्