२२ जेठ २०८३, शुक्रबार

कांग्रेस महासमितिको तयारी तीव्र : गाँस र बासको व्यवस्था सहभागी आफैंले गर्नुपर्ने

मंसिर २५, २०७५
कांग्रेस महासमितिको तयारी तीव्र : गाँस र बासको व्यवस्था सहभागी आफैंले गर्नुपर्ने

काठमाडौंँ-  नेपाली काँग्रेसको यही मङ्सिर २८ देखि काठमाडौँमा सुरु हुने महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरूले साँझको गाँस र बासको आफैं व्यवस्थापन गर्नुपर्ने भएको छ । बिहानको चिया, दिउँसोको खाना र साँझ चिया भने पार्टीले व्यवस्था गर्ने जनाएको छ । 

महासमिति बैठकको व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौंँ उपत्यकाका तीन जिल्लाका सभापतिहरूलाई दिइएको छ । भक्तपुरका सभापति दुर्लभ थापाका अनुसार, बैठकमा केन्द्रीय कार्य समितिका सदस्यसहित एकहजार पाँच सय जनाको सहभागिता रहने छ । बैठकमा हरेक पाँच सदस्यमध्ये कम्तीमा एकजना महिला सदस्यको सहभागिता रहने छ । 

सभापति थापाका अनुसार, महासमितिको बैठक सिंहदरबार अगाडि रहेको पुरानो नेसनल ट्रेडिङ सँगैको यलम्बर पार्टी प्यालेसमा गर्ने तय भएको छ । यसअघि भृकुटी मण्डपमा गर्ने भनिएको थियो । सातै प्रदेशमा यसअघि गरिएका छलफल र व्यवस्थापन जस्तै गरी साँझको खाना र बासको व्यवस्था सहभागी आफैंले गर्नुपर्ने छ ।

काँग्रेसले बैठक भड्किलो र खर्चिलो नहोस्, मितव्ययी होस् भन्ने उद्देश्यले साँझको गाँस र बासको व्यवस्था सहभागी आफैंले तय गर्नुपर्ने निर्णय भएको जानकारी थापाले दिनुभयो । बैठकमा सहभागी हुने सबै सदस्यहरूलाई झोलाको व्यवस्था भने निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइरालाले निजी खर्चमा उपलब्ध गराउनुहुने भएको छ ।

यसअघिका बैठकमा झोलाको व्यवस्थापन टे«ड युनियन काँग्रेसले गर्दैआएको थियो । झोलामा महासमिति बैठकमा प्रस्तुत गरिने राजनीतिक, आर्थिक र विधान मस्यौदाको प्रस्ताव राखिने छ ।

आर्थिक प्रस्ताव पारित
यसैबीच, काँग्रेसको जारी केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले महासमिति बैठकमा प्रस्तुत गरिने आर्थिक प्रस्तावलाई प्राप्त सुझाव समेट्ने गरी पारित गरेको छ । 
सहमहामन्त्री डा. प्रकाशशरण महत संंयोजक रहेको समितिले बैठकमा प्रस्तुत गरेको समग्र आर्थिक नीतिलाई पारित गरेको हो । केन्द्रीय सदस्यहरुबाट प्राप्त सुझावलाई समावेश गर्ने गरी प्रस्ताव पारित भएको जानकारी केन्द्रीय सदस्य बालकृष्ण खाँडले दिनुभयो । 

समितिले स्वर्गीय बीपी कोइरालाले अख्तियार गर्नुभएको आर्थिक वृद्धिसहितको समानता हासिल गर्न उपादकत्व, समतामूलक लोककल्याणकारी राज्य, रोजगारीमुखी युवा केन्द्रित उद्यमशीलतामा जोड दिने प्रस्ताव गरेको जनाएको छ । 

यसैगरी, सार्थक वित्तीय सङ्घीयता र सदाचारयुक्त आर्थिक सुशासन काँग्रेसको आगामी आर्थिक नीति हुने प्रस्तावमा उल्लेख छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी र हरिप्रसाद नेपालले आर्थिक प्रतिवेदनमाथि सुझाव राख्नुभएको थियो । अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्नेछ ।, गाेरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्