२२ जेठ २०८३, शुक्रबार

कांग्रेसले जित्दा नाचे ‘मोदी’ !

मंसिर २५, २०७५
कांग्रेसले जित्दा नाचे ‘मोदी’ !

भारतको पाँच वटा प्रान्तमा भएको निर्वाचनको कतपरिणाम सार्वजनिक भइरहेको छ ।

पछिल्लो आँकडामा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई धक्का पारित भएको छ । राजस्थान, छत्तीसगढ तथा मध्यप्रदेश विधासभा चुनावमा जबरजस्त प्रदर्शनपछि उत्तर प्रदेश कांग्रेसको कार्यालयमा उत्सव भइरहेको छ । लखनउस्थित कांग्रेस कार्यालयमा कांग्रेस कार्यकर्ताहरु ढोल बजाएर नाँचिरहेका छन् ।

कांग्रेसीको खुशी त्यसबेला ठेगानमा रहेन जतिबेला मोदी उनीहरुलाई बधाँइ दिन पुगे ।

यति मात्र होइन उनले कांग्रेको जीतमा नाचे पनि । मोदी नाचेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा आइरहेका छन् । तर यसरी नाच्ने उनी वास्तविक मोदी भने होइन् । प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिने अभिनन्दन पाठक हुन् । उनी मोदी जस्तै देखिन्छन् र कयौं कांग्रेस कार्यकर्ता मोदी आएर नाचेको भन्दै फोटो र भिडियो खिचिरहेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्