२८ जेठ २०८३, बिहीबार

प्रहरीका हवल्दारविरुद्ध १ लाखको भ्रष्टाचार मुद्दा

मंसिर २५, २०७५
प्रहरीका हवल्दारविरुद्ध १ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीका हवल्दारविरुद्ध १ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत हवल्दार सुदामा हजराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । हजरा पान मसालाजन्य पदार्थको व्यवसाय संचालन गर्न सहज गराईदिने बाहानामा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए । 

अख्तियारले १ लाख रुपैयाँ बिगो दावी गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (३) को उपदफा (१)को देहाय (ग) बमोजिम कैद र जरिवाना माग गर्दै मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्