०४ साउन २०८३, सोमबार

लुम्बिनी विकास बैंकद्वारा गोकर्णेश्वर मन्दिरलाई आर्थिक सहयोग

मंसिर २५, २०७५
लुम्बिनी विकास बैंकद्वारा गोकर्णेश्वर मन्दिरलाई आर्थिक सहयोग

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णेश्वर महादेव मन्दिरको छाना पुनः निर्माण कार्यक्रमलाई सहयोग पुर्याउन बैंकका मुख्य प्रबन्धक हरिकृष्ण सुवेदीले गोकर्णेश्वर महादेव छाना पुनःनिर्माण समितिका अध्यक्ष कोमलबहादुर विष्टलाई एक समारोहबीच १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

रकम हस्तान्तरण गर्दै मुख्य प्रबन्धक हरिकृष्ण सुवेदीले लुम्बिनी विकास बैंकले यस किसिममा पूरातात्विक महत्त्वका राष्ट्रका अमुल्य सम्पदाको संरक्षण गर्न विभिन्न सामाजिक संघसंस्थालाई सहयोग गर्ने एवं बैंक आफैं प्रत्यक्ष सहभागी भई सेवा पुर्याउने समेत बताए ।

salt training

कमेन्ट गर्नुहोस्