मेलम्ची, २२ फागुन - सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले रु दुई लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।
कागजपत्रबिना सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने जस्ता विभिन्न ट्राफिक नियम विपरीत सवारी चलाउने तीन सयभन्दा बढी सवारीसाधनबाट दुई महिनामा उक्त राजस्व सङ्कलन भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए ।
नियमित जाँचका क्रममा प्रहरी कार्यालय मेलम्चीले दुईवटा चोरीको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।