३१ जेठ २०८३, आइतबार

अकुत सम्पति सार्वजनिक गर्न भन्दै नागरिक आयोग गठन !

मंसिर २५, २०७५
अकुत सम्पति सार्वजनिक गर्न भन्दै नागरिक आयोग गठन !

काठमाडौं– स्वतन्त्र राष्ट्रिय अभियान नेपालका अभियान्ता एवम् अधिवक्ता दिनेशराज सत्यालको नेतृत्वमा स्रोत नखुलेको सम्पति सार्वजनिक गर्नको लागि नागरिक आयोग गठन गरिएको छ । 
रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालले पत्रकार सम्मेलन गरेर नेता, प्रशासक, कर्मचारी, पत्रकारलगायतको स्रोत नखुलेको सम्पति सार्वजनिक गर्नको लागि अधिवक्ता सत्यालको नेतृत्वमा नागरिक आयोग गठन गरिएको जानकारी दिइएको छ । 
त्यस्तै आयोगको सदस्यमा डा. दामोदर त्रिपाठी, डा अमित देव, अधिवक्ता कृष्ण प्रसाई, वैज्ञानिक विजय अधिकारी, लेखाविज्ञ रमाकान्त झा, एक्च्युअरी सुजन नेपाली, मनोविज्ञ ललिता लिम्बू, गजेन्द्र ढकाललगायत छन् । 
स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले स्रोत नखुलेको सम्पतिका साथै राज्यका महत्वपूर्ण सूचना विदेशीका एजेन्टलाई बेच्नेहरुको नाम, ठेगाना, सूचना र इमेल सार्वजनिक गर्न ‘भूमिगत साइबर गुरिल्ला’ गठन गरिएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्