
मोहित ग्रोबर
हिन्दी क्षेत्रको तीन ठूला राज्य राजस्थान, छत्तीसगढ तथा मध्य प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले पाएको हारले ‘ब्राण्ड मोदी’ माथि झट्का लागेको छ ।
लोकसभा चुनाव आउनका लागि केही महिनामात्र बाँकी रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि यो चुनाव एक परीक्षणको रुपमा लिइएको थियो । तर यो परीक्षणमा कांग्रेस अध्यक्ष राहुल गान्धी सबैभन्दा ठूला खेलाडी सावित भए ।
बीजेपी गुजरातमा २५ वर्षको राज पछिपनि बचेको छ । र फेरि सरकार बनाउन सफल भयो । तर छत्तीसगढ तथा मध्य प्रदेशमा यस्तो भएको छैन । जहाँ १५–१५ वर्षको राज्य बचाउनका निकै ठूलो चुनौती थियो । छत्तीसगढमा त बिजेपी सफा भएको छ । मध्यप्रदेशमा टक्कर रहेको छ ।
राजस्थानमा वसुन्धरा राजेले पनि पनि ५ वर्षको शाशन बचाउँन सकिनन् । तर अब हार रमन सिंह, शिवराज सिंह चौहान अथवा वसुन्धरा राजेको मात्र बाँकी रहेन । यो हारमा विपक्षी र स्वयं बीजेपीका नेताले मोदीमाथि औंला उठाइरहेका छन् । कुरा नरेन्द्र मोदीको नाम को पनि हो जसको सहारा बीजेपीले २०१४ मा जीतेको थियो र २०१९ मा पनि जित्ने योजनामा छ ।
यस हारपछि ‘ब्राण्ड मोदी’ मा निश्चित रुपमा राजनीतिक चोट लागेको छ । यो चुनावमा नरेन्द्र मोदी सिधा रुपमा चुनाव लडिरहेका थिएनन् । तर भारतीय जनता पार्टीको सबैभन्दा ठूलो अनुहार उनै हुन् र राहुल गान्धीको निशानामा पनि सबैभन्दा धेरै मोदी नै पर्ने गरेका छन् ।
पछिल्लो केही वर्षमा नरेन्द्र मोदीको नाम तथा उनको अनुहार जीतको ग्यारेन्टिको रुपमा लिइएको थियो । तर यो विधानसभा चुनावमा यो जादू कमजोर देखिएको छ । मोदीको नाम पनि बीजेपीलाई पार लगाउन असफल हुँदै गएको देखिएको छ । उसो त प्रधानमन्त्री मोदीले जोड लगाउन कुनै कमी गरेका थिएनन् । तर पनि उनले बीजेपीलाई हारबाट जोगाउन भने सकेनन् । २०१९ को चुनावको ठिक अघि राहुल गान्धीलाई प्राप्त भएको यो जीत कांग्रेसको हौसला बढाएको छ ।
राहुल गान्धीले एक पत्रकारसम्मेलनमा अब २०१९ को चुनावमा पनि बिजेपीलाई हराउने घोषणा नै गरे । टीम मोदीलाई २०१९ को चुनावअघि हारको स्वाद चखाउनु नै राहुल एण्ड कम्पनीको सबैभन्दा ठूलो जीत हो । पहिला गुजरात विधानसभा चुनावमा बीजेपीलाई टक्कर, फेरि कर्नाटकमा सरकार बनाउने अवस्था र अब तीन राज्यमा सीधा बीजेपीलाई मात दिएबाट यो सिद्ध भएको छ कि राहुल गान्धी विपक्षका नेता नम्बर एक हुन् ।
तीन राजइमा प्राप्त भएको हारको जिम्मेवारी राज्यको नेतृत्वले लिनुपर्ने छ तर विपक्षका तर्फबाट यो मेसेज दिइराखिएको छ किय यो हार मोदीको हो ।
२०१९ को परीक्षा भन्दा पहिला अब भारतीय जनता पार्टीले फेरि एकपटक आफ्नो रणनितीमा विचार गनुपर्ने आवश्यकता देखिएको छ । बीजेपीको अगाडि चुनौती यो पनि छ कि कसरी ‘ब्राण्ड मोदी’ को चमकलाई जोगाएर राख्ने !