काठमाडौं, २२ फागुन — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्ध सम्बन्धी संशोधित कार्यकारी आदेश ल्याउने भएका छन् । आदेशअन्तर्गत मध्यपूर्व र अफ्रिकाका केही देशका नागरिकलाई अमेरिका आउनबाट प्रतिबन्ध लगाइनेछ ।

यसअघि माघ १४ गते ट्रम्पले सातवटा मुस्लिमबहुल देशका मानिसहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाएका थिए । पछि यसको विरोध भएर अदालतले रोक लगाएपछि आदेश फिर्ता लिइएको थियो । त्यो सूचीबाट इराकको नाम भने हटाइएको थियो ।
खबरहरूका अनुसार संशोधित प्रतिबन्धमा के कस्ता परिवर्तन भएका छन् भन्ने निश्चित भएको छैन ।
सोमवारसम्ममा ट्रम्पले नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ ।
आइएसआइएस नामक आतंकवादी संगठनसँग लड्न सहज होस् भनेर इराकको नाम प्रतिबन्धित देशको सूचीबाट हटाइएको थियो ।
त्यस अवधिमा अमेरिकाको विदेश विभागले ६० हजार वैध प्रवेशाज्ञा रद्द गरेको थियो । तर वाशिङटनका फेडरल न्यायाधीशले भिसा प्रतिबन्ध हटाउन लगाएका थिए ।
दैनिक भास्करबाट