
बुटवल – भैरहवामा जारी सातौ लुम्बिनी राष्ट्रिय महोत्वसभित्र मान्छेको शरीरमा ट्रेक्टर कुदेको छ ।
महोत्सवमा आयोजित कुस्ती प्रतियोगितामा आफ्नो शरीरमाथि ट्रेक्टर चढाएर भारतको पन्जाबका अली पहलमानले साहसिक खेल प्रदर्शन गरेका छन् ।
उनले मानसिंह पहलमानलाई हराएर १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । महोत्सव परिसरमा भएको कुस्ती अखडामा अहिलेसम्म नेपाली र भारतीय गरी ३२ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

कुस्ती महोत्सवको मुख्य आकर्षकको केन्द्र बन्दै गएको छ । – नरेश केसी/रासस