३२ असार २०८३, बिहीबार

आज स्व. निर्मला पन्तको जन्मदिन : धर्नास्थलमै हवन गरेर आत्मशान्तिको कामना

मंसिर २६, २०७५
आज स्व. निर्मला पन्तको जन्मदिन : धर्नास्थलमै हवन गरेर आत्मशान्तिको कामना

महेन्द्रनगर – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका स्व. निर्मला पन्तको जन्मदिनमा आत्मशान्तिको कामना गर्दै धर्नास्थलमा हवन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि जारी धर्नास्थलमा हवन गरेर स्व. पन्तको आत्मशान्तिको कामना गरिएको हो ।

नागरिक संघर्ष समितिको अगुवाइमा परिवार र अधिकारकर्मीले बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेट र धर्नास्थल नजिक बिच सडकमा हवन गरेको अधिकारकर्मी शारदा चन्दले बताइन् ।

निर्मलाको फोटो राखेर धार्मिक परम्परा अनुसार पण्डित केशवप्रसाद उपाध्यायले पूजा र हवन गरेका छन् । निर्मलाकी आमा दुर्गादेवी पन्तसहित नागरिक संघर्ष समितिका पदाधिकारी र अधिकारकर्मी हवनमा सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्