
काठमाडौं, २२ फागुन - विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरिएको छ । खेल आगामी शनिबार र सोमबार नेपाल र केन्याबीच त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
घोषित टोलीमा पारसहित ज्ञानेन्द्र मल्ल, मेहबुब आलम, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख , सोमपाल कामी नेपाली टोलीमा अटाएका छन् ।
यस्तै सुनिल धमला र दिपेन्द्र सिंह ऐरी पनि टीममा परेका छन् । यस्तै राजेश पुलामी, अभिनाश कर्ण, भुवन कार्की र दिलप नाथलाई वैकल्पिक सूचिमा राखिएको छ ।
तस्वीर स्रोतः CricNepal.com