१२ असार २०८३, शुक्रबार

सोलुखुम्बुमा एचआइभी एड्स सङ्क्रमितकाे संख्या शून्य

मंसिर २७, २०७५
सोलुखुम्बुमा एचआइभी एड्स सङ्क्रमितकाे संख्या शून्य

सोलुखुम्बु- जिल्लामा एचआइभी एड्सका सङ्क्रमित शून्य रहेको पाइएको छ । जिल्लाको एक मात्र जिल्ला अस्पताल फाप्लुमा आजसम्म एक जना पनि एचआइभी सङ्क्रमित नभेटिएको अस्पतालका सूचना अधिकारी शेर्पाले जानकारी दिनुभयो । 

अस्पतालमा आएका हजाराँै बिरामीका लागि आउने एआरटी (एन्टिभाइरल थेरापी) पनि प्रत्येक वर्ष म्याद सकिएर फाल्नुपर्ने अवस्था रहेको सूचना अधिकारी शेर्पाको भनाइ छ । “सङ्क्रमण पत्ता लागिहालेमा अपहेलित हुने डरले रोग लुकाउने परिपाटी हुँदा रोगीले अस्पतालमा आएर सेवा नलिएको हुनसक्छ”, शेर्पाले भन्नुभयो, “जिल्लामा केही सङ्क्रमित त हुनसक्ला तर हाम्रो रेकर्डमा भने छैन ।” 

salt training

कमेन्ट गर्नुहोस्