०२ असार २०८३, मंगलबार

श्रीलंकामा रनिल विक्रमसिंघेले साबित गरे बहुमत

मंसिर २७, २०७५
श्रीलंकामा रनिल विक्रमसिंघेले साबित गरे बहुमत

काठमाडौं — श्रीलंकाका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमसिंघेले बुधवार संसदमा स्पष्ट बहुमत साबित गरेका छन् । 

अक्टोबर २६ मा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेका थिए । सिरिसेनाको विवादास्पद कदमबाट श्रीलंकामा राजनीतिक संकट आएको थियो । 

बुधवार संसदमा रहेका २२५ मध्ये ११७ सांसदले विक्रमसिंघेको विश्वास प्रस्तावको पक्षमा मतदान गरे । 

विक्रमसिंघेको जीतलाई सिरिसेनाका लागि झड्काका रूपमा हेरिएको छ । सिरिसेनाले विक्रमसिंघेलाई व्यक्तिगत रूपमा मन नपराएर उनको ठाउँमा पूर्व राष्ट्रपति महिन्दा राजपक्षेलाई ल्याएका थिए । राजपक्षेले संसदमा बहुमत प्राप्त
गर्न सकेका थिएनन् । 

सिरिसेनाबाहेक संवैधानिक हस्तक्षेपको विरोध गर्ने वामपन्थी दल जनता विमुक्ति पेरामुनाका सांसद पनि विश्वास प्रस्तावको मतदानका बेलामा अनुपस्थित रहे । 

सिरिसेनाको युनाइटेड पीपुल्स फ्रीडम अलायन्सले संसद्को बहिष्कार जारी राख्यो । 

सिरिसेनाले विक्रमसिंघेलाई बर्खास्त गरेपछि संसद् भंग गरेर जनवरी ५ मा चुनाव गर्ने घोषणा गरेका थिए । सर्वोच्च अदालतले यो घोषणामा रोक लगाइदिएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्