३१ जेठ २०८३, आइतबार

हिउँले छोपिए हुम्ली बस्ती

मंसिर २७, २०७५
हिउँले छोपिए हुम्ली बस्ती

हुम्ला– कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरू भएको छ ।

उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । 

बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीय सञ्चारकर्मी रत्न भण्डारीले बताए ।

उत्तरी नाम्खा गाउँपालिकामा एक फिटभन्दा माथि हिमपात भएको छ । सदरमुकाम सिमकोटमा पनि बिहिबार बिहानदेखि हिमपातसँगै चिसो पनि बढेकोे छ ।

salt training

कमेन्ट गर्नुहोस्