०८ असार २०८३, सोमबार

एक डलर घूस खाँदा तिर्नुपर्‍यो एक लाख डलर जरिवाना

मंसिर २७, २०७५
एक डलर घूस खाँदा तिर्नुपर्‍यो एक लाख डलर जरिवाना

काठमाडौं — सिंगापुरमा जम्मा एक डलर घूस लिएको पाइएपछि दुईजनामाथि एक लाख डलरको जरिवाना सजाय लगाइएको छ । 

चेन जिलियाङ र झाओ युकुन सिंगापुर सिटीको बन्दरगाहमा फोर्क लिफ्ट चालक थिए । उनीहरूले कामकै सिलसिलामा एक डलर घूस खाएको स्वीकार गरे । 

सिंगापुरको भ्रष्टाचारनिरोधी विभागले दुई चालकलाई एक लाख सिंगापुर डलरको जरिवाना लगाएको छ । अनि उनीहरूलाई ६ महिनाको कारावास सजाय पनि सुनाइएको छ । 

विभागका अनुसार, जतिसुकै रकमको भएपनि भ्रष्टाचार पटक्कै सहन सकिँदैन । सिंगापुरको कानूनअनुसार, भ्रष्टाचारमा लिप्त व्यक्तिलाई एक लाख डलर जरिवाना र अधिकतम पाँच वर्षको कारावास सजायको व्यवस्था छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्