
काठमाडौं २२ फागुन - नेकपा एमालेले शनिवारदेखि शुरु गरेकोे मेची–महाकाली अभियानको दोस्रो दिन मोरङको उर्लाबारीका सभा आयोजना गरेको छ ।
झापाबाट शुरु भएको अभियान अन्तरगत आइतवार उर्लाबारीमा सभा आयोजना गरिएको हो । सभालाई एमाले अध्यक्ष केपी, नेता माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभामा मोरङका विभिन्न स्थानबाट एमाले कार्यक्रकर्ता र सर्बसाधारणको बाक्लो उपस्थिती रहेको छ ।