०५ असार २०८३, शुक्रबार

रजनीकान्तको 'कबाली २' यी नायिकासँग, ५ सय करोड कमाइको अनुमान

कात्तिक २०, २०७४
रजनीकान्तको 'कबाली २' यी नायिकासँग, ५ सय करोड कमाइको अनुमान

मुम्बई - गतवर्ष प्रदर्शन भएको रजनीकान्तको फिल्म 'कबाली' को दोस्रो भाग बन्ने भएको छ । यसपटक रजनीकान्तका नातेदार धनुषले यो फिल्म निर्माण गर्न लागेका छन् । जो आफैमा चर्चित अभिनेता पनि हुन् ।

चलचित्रको लेखन तथा निर्देशन पा. रंजीतले गर्नेछन् । कबाली २ को मुख्य आकर्षण रजनीकान्तका साथमा बलिउड नायिका विद्या बालन हुनेछिन् । कबालीको पहिलो भागमा रजनीकान्तको अपोजिटमा राधिका आप्टे थिइन् ।

निर्माताले कबालीको दोस्रो भागमा भने बलिउड नायिकालाई लिन चाहन्थे । भनिन्छ कि, 'कबाली २' को कथा पहिलेको भन्दा दमदार हुनेछ । निर्माण पक्ष रजनीकान्तको 'रोबोट २' को पोष्ट प्रोडक्सनको काम सकिने समयको पर्खाइमा छ । कबालीको अन्त जहाँबाट सुरु भएको थियो, अन्त्य पनि त्यहीँबाट हुनेछ ।

चलचित्र 'कबाली' ले लगभग ४७० करोड कमाएको थियो । यही आधारमा पनि यसको सिक्वेलले बक्स अफिसमा ५०० करोड कमाइ गर्न सक्ने अनुमान निर्माण पक्षको छ ।

salt training

कमेन्ट गर्नुहोस्