२६ असार २०८३, शुक्रबार

चार महिनामा तीन हजार फरार अभियुक्त पक्राउ

मंसिर २७, २०७५
चार महिनामा तीन हजार फरार अभियुक्त पक्राउ
फाइल तस्बिर

काठमाडौँ– नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तीन हजार बढी फरार अभियुक्त र ७३२ जना फरार अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ । 

चालू आवको कात्तिकसम्म तीन हजार ५७ जना फरार अभियुक्त र ७३२ जना फरार अपराधी फक्राउ गरी २० नाल अवैध हतियार र १५ राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 

प्रहरीले गरेको कारवाहीबारे जानकारी दिँदै सुवेदीले सो अवधिमा २२५ केजी गाँजा, ५८ केजी चरेश, एक केजी हेरोइन र ठूलोमात्रामा कृत्रिम लागुऔषध तथा मनोद्विपक पदार्थ बरामद गरेको बताए । 

यस्तै विभिन्न जिल्लामा गरेर करीब १९ बिघा जमीनमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ । अहिलेसम्म ५४ हजार १५८ लिटर घरेलु मदिराको कच्चा पदार्थसहित ७९ हजार ५४ लिटर घरेलु मदिरा नष्ट गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । 

सो अवधिमा सामुदायिक सुरक्षा अभिवृद्धि गर्न सिसी टिभीको स्थापना र विस्तारलाई प्राथमिकता दिँदै प्रहरीको स्रोत र समुदायको साझेदारीमा देशभर कूल ७८४ स्थानम सिसी टिभी जडान गरिएको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्