
बागलुङ– सुख्खा पहिरोका कारण बागलुङमा एक खोला थुनिनुका साथै मध्यपहाडी लोकमार्ग अवरुद्ध बन्न पुगेको छ । बाग्लुङ्गको रिघा ७ को मनेवापाटामा आज बिहान सुख्खा पहिरो गएको हो ।
माथिबाट पहाड खस्दा मध्यपहाडी लोकमार्ग खण्ड पुरै अबरुद्ध बनाउनुकासाथै दरम खोला थुनिएको हो ।
करिब २ घण्टा भन्दा बढी थुनिएको दरम अहिले भने ओभरफ्लो भएर बग्न शुरु गरेको छ । खोलाको किनारमा बस्ती भएका तथा खोलाको छेउछाउमा काम गरिरहेका स्थानीयहरुलाइ त्यहाँबाट अन्यत्र जान प्रहरी चौकी खर्बाङ्गले आग्रह गरेको छ ।
स्थानीयका अनुसार केहि दिनयता सो स्थानमा ससाना पहिरो जाने गरेको थियो ।