०४ साउन २०८३, सोमबार

विश्व नेत्रहिन क्रिकेट परिषद्को अध्यक्षमा भारतका माहन्तेश चयन, कोषाध्यक्षमा नेपालका पवन घिमिरे

मंसिर २७, २०७५
विश्व नेत्रहिन क्रिकेट परिषद्को अध्यक्षमा भारतका माहन्तेश चयन, कोषाध्यक्षमा नेपालका पवन घिमिरे

काठमाडौँ– भारतका माहन्तेश जी.के. विश्व नेत्रहिन क्रिकेट परिषद्को अध्यक्षमा चयन भएका छन् ।

काठमाडौँमा सम्पन्न परिषद्को २१ औं साधारणसभा तथा अधिवेशनले प्रथम उपाध्यक्षमा पाकिस्तानका सयद सल्मान बुखारी, द्वितीय उपाध्यक्षमा श्रीलङ्काका चामिण्डा पुष्प कुमारा, महासचिवमा अष्ट्रेलियाका रेमण्ड मोक्स्ली र कोषाध्यक्षमा नेपालका पवन घिमिरेलाई चयन गरेको छ । 

साधारणसभाले नेत्रहीन महिला क्रिकेट समूहलाई समेत यस पटकदेखि आधिकारिकता प्रदान गर्ने निर्णय गरेको छ । अपाङ्गता भएका व्यक्तिले जनसङ्ख्याका आधारमा राज्यका हरेक संरचनामा आफूहरुको समान सहभागिता हुुनुपर्ने माग गर्दै आएका छन् । 

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसङ्ख्याको १ दशमलव ९४ प्रतिशत अर्थात पाँच लाख १३ हजार ३२१ रहेका छन् । तीमध्ये शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, न्यून दृष्टियुक्त व्यक्ति १६ दशमलव ५ प्रतिशत र सुस्त श्रवण भएका व्यक्ति १५ दशमलव ४ प्रतिशत रहेका छन् । त्यसैगरी, बोलाइ सम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी व्यक्ति १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलव ९ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्