३० जेठ २०८३, शनिबार

काभ्रेमा अर्को दुर्घटना, बेहुला बेहुली घाइते

मंसिर २७, २०७५
काभ्रेमा अर्को दुर्घटना, बेहुला बेहुली घाइते

बनेपा–रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । 

प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । 
घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार रामेछाप खाँडादेवी गाउँपालिका–१ की २१ वर्षीया बेहुली स्विकृति तामाङको बाया हातमा तथा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ का २२ वर्षीय बेहुला लक्ष्मण तामाङको ढाड र छातीमा चोट लागेको छ ।

अाजै दाङमा भएकाे जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा ६ जनाकाे ज्यान गएकाे थियाे ।
 

salt training

कमेन्ट गर्नुहोस्