
काठमाडौँ – विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ ।
विद्यार्थी र अभिभावकले निःशुुल्क छात्रवृत्तिमै पनि शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार शिक्षामन्त्रीलाई आग्रह गरेका छन् ।
काठमाडौँ विश्वविद्यालयको छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीका अनुसार कलेजले अनिवार्य होस्टल र खानाबापत ५ वर्षमा ९ लाख ३० हजार रुपैयाँ बुझाउन भनेको छ ।
यसअन्तर्गत बर्सेनि ९० हजार खाना र ९६ हजार होस्टलको शुल्क छ । यस्तै इन्टर्नसिप शुल्क २ लाख तोकिएको छ । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।