२० असार २०८३, शनिबार

आरामदायी हवाई यात्राले बनाउँछ बिरामी, जान्नुस् कसरी ?

कात्तिक २०, २०७४
आरामदायी हवाई यात्राले बनाउँछ बिरामी, जान्नुस् कसरी ?
काठमाडौं, २२ फागुन — आजकल मानिसहरू हवाई यात्रा गर्न रुचाउँछन् । आप्रवासन बढ्दै जाँदा टाढा टाढाको देश पुग्न हवाई यात्रा जरूरी पनि भइसकेको छ ।


विमानमा विभिन्नथरी क्लासहरू हुन्छन् जसका आधारमा तपाईंले यात्रा सुखद बनाउन सक्नुुहुन्छ ।

तर हवाई यात्राका दौरान हावाको दबाब तपाईंको शरीरमा फरक फरक तरिकाले पर्छ ।

हवाई यात्रामा विमानभित्रको वातावरण प्राकृतिक रूपमा नै डिहाइड्रेटेड हुन्छ । यसै कारणले गर्दा शरीरमा पानीको मात्रा कम हुन्छ । अझ, त्यसमाथि विमानमा पाइने रक्सी पिउँदा तपाईंलाई एकदमै हानि पुग्छ । त्यसैले हवाई यात्राका क्रममा टन्न पानी पिउनुस् । खानपिनमा एकदमै ध्यान दिनुपर्छ हवाई यात्राका क्रममा ।

विमानमा यात्रा गर्दा एरिदमिया नामक बिरामीका कारण राम्ररी मुटु धड्किन पनि पाउँदैन कसैकसैको । रक्तचाप बढी हुने मानिसलाई यो रोगको जोखिम प्रबल हुन्छ । अनि रक्सी पिएर यात्रा गर्नेलाई पनि यस्तो रोग लाग्छ ।

हवाई यात्रामा तपाईंको पेट पनि गडबड हुन्छ जसका कारण तपाईंलाई कब्जियत हुन सक्छ । विमानमा चिल्लोचाप्लो खानेकुरा नखानुहोला ।

अनि लामो समयसम्म एउटै पोजिसनमा बस्दा खुट्टाको रगत पनि जम्न थाल्छ । यसले डीप भेन थ्रोम्बोसिस नामक बिरामी हुन सक्छ । त्यसैले पोजिसन चेन्ज गर्नुस् अनि उठेर टहल्नुस् ।

हवाई यात्राका क्रममा कान पनि डम्म हुन्छ किनकि तिनमा हावा भरिन्छ । कान दुख्ने रोक्नका लागि कपास कोच्नुस् ।

विमानभित्र सजिलै रोग फैलिने सम्भावना हुन्छ किनकि त्यहाँ मोइस्चर फ्री हुन्छ जसका कारण कुनै पनि संक्रमण सजिलै फैलिन्छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्