२८ असार २०८३, आइतबार

सप्तरीमा एमालेको कार्यक्रम स्थल बदलियो, अझैपनि मोर्चाले अबरोध गर्ने संकेत

कात्तिक २०, २०७४
सप्तरीमा एमालेको कार्यक्रम स्थल बदलियो, अझैपनि मोर्चाले अबरोध गर्ने संकेत
काठमाडौं, २२ फागुन — मेची महाकाली अभियान अन्तगर्त सोमवार सप्तरीको राजविराजमा गर्ने भनिएको कार्यक्रम स्थल परिवर्तन गरिएको छ । एमालेले राज रंगशालामा कार्यक्रम आयोजना गर्ने पूर्व निर्धारित निर्णयलाई बदलेर औद्योगिक क्षेत्रमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
मोर्चाका कार्यकर्ताले रंगशालामा जुलुस निकाल्ने घोषणा गरेपछि एमालेले कार्यक्रमस्थल परिवर्तन गरेको हो । त्यहाँ पनि मोर्चाका कार्यकर्ता पुगेर पर्चा पम्पलेट टाँसिसकेका छन् ।
औद्योगिक क्षेत्रमा तालाबन्दी गर्ने घोषणा मोर्चाले गरेको छ । साथै सो क्षेत्रमा चक्का जाम गर्ने निर्णय समेत मोर्चाले गरेको छ ।
एमालेले गर्ने कार्यक्रम र मोर्चाले गर्ने अबरोधका बिचमा मुठभेड निम्तन सक्ने डरले प्रहरी प्रशासनले सुरक्षा सतर्कता अपनाएका छन् । सशस्त्र प्रहरी र जनपथ प्रहरीका बरिष्ठ अधिकारीहरु सप्तरीमा पुगेर फर्किएका छन् । उनीहरूले दुबै तर्फका नेतासँग छुट्टा छुट्टै वार्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्