१० साउन २०८३, आइतबार

हनीमूनबारे दीपिकाले यसो भनिन्

मंसिर २८, २०७५
हनीमूनबारे दीपिकाले यसो भनिन्

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहबीच विवाह भएको एक महिना भएको छ ।

दुबै कलाकारले इटलीको लेक कोमामा विवाह गरेका थिए । यसपछि रणवीर र दीपिकाले बेंगलुरु तथा मुम्बइमा पार्टी दिएका थिए । 


दीपिका र रणवीरको विवाह भएको एक महिना वितेपनि उनीहरु हनीमूनमा गएका छैनन् । व्यस्त समय तालिकाका कारण उनीहरु हनीमूनमा जान नपाएको समाचार भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

दीपिकाले एक अन्तर्वार्ताका क्रममा आफूहरुले अहिलेसम्म हनीमूनमा जानेबारे योजना नबनाएको उनले बताएकी छिन् ।

पति रणवीर सिंह आगामी फिल्म सिंबोको प्रमोशनमा जुट्नुपर्ने भएपछि तत्कालका लागि हनीमूनको योजना नबनाएको उनको भनाइ छ । 

फिल्म रिलिज भएपछि मात्र हनीमून र वर्थडे योजनाबारे विचार गर्ने उनले बताइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्