१३ असार २०८३, शनिबार

चीनले बनायो एक वर्षमा ८८ गगनचुम्बी भवन, यस्तो गर्ने संसारको पहिलो देश

मंसिर २८, २०७५
चीनले बनायो एक वर्षमा ८८ गगनचुम्बी भवन, यस्तो गर्ने संसारको पहिलो देश

काठमाडौं — चीनले यसै वर्ष मात्र २०० मिटर अग्लो ८८ वटा गगनचुम्बी बनाएको छ । 

भौतिक निर्माणमा नजर राख्ने काउन्सिल अफ टल बिल्डिंग्स एन्ड अर्बन ह्याबिटेटका अनुसार, अग्लो भवनको निर्माणमा यो ऐतिहासिक आँकडा हो । 

एक वर्षमा ८८ वटा गगनचुम्बी भवन कसैले पनि बनाउन सकेको छैन । यति मात्र नभई चीनमा अमेरिकाको तुलनामा १३ गुणा बढी गगनचुम्बी भवन बने । 

अर्बन ह्याबिटेटका अनुसार, संसारभरि यसै वर्ष मात्र १४३ गगनचुम्बी भवन बने । सन् २०१७ मा संसारभरि १४७ गगनचुम्बी भवन बने । 

दक्षिणी चीनको शेनझेनमा मात्र १४ वटा गगनचुम्बी भवन ठडिए । यो शहर संसारको सर्वोत्कृष्ट शहरको सूचीमा शीर्ष स्थानमा रह्यो । 

चीन यून भवनको उचाइ १७ सय ३१ मिटर छ । यो संसारको आठौं सबभन्दा ठूलो भवन हो । 

सीटीबीयूएचको प्रतिवेदनअनुसार, सन् २०१९ मा संसारभरि १५० वटा गगनचुम्बी भवन बनाइने सम्भावना छ । 

तर गगनचुम्बी भवनको संख्या बढ्दा चीनको अर्थव्यवस्थामा असर पर्न सक्ने प्रतिवेदनमा उल्लेखित छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्