०८ साउन २०८३, शुक्रबार

‘चेली’को बरखीबाट फर्किने क्रममा आइचर दुर्घटना– १८ जनाको मृत्यु

मंसिर २८, २०७५
‘चेली’को बरखीबाट फर्किने क्रममा आइचर दुर्घटना– १८ जनाको मृत्यु

काठमाडौं– नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ स्थित घ्याङफेदीमा आइचर गाडी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले १८ जनाको मृत्यु भएको पुष्टि गर्दै घटनास्थलमा अझैं उद्दारकार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी भीमलाल भट्टराईको कमाण्डमा एक टोली र र समुन्द्रटारको इलाका प्रहरीको अर्को टोली उद्दारमा पुगेको छ । 

घटनास्थलमै रहेका दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडा सदस्य नागसाङ तामाङले शिखरबेसीमा ‘चेली’को मृत्युको बरखी (घेवा)मा गएका दुम्चेश्वर ७ सीसीपुका मावली खलकका आफन्त चढेको मिनिट्रक दुर्घटनामा परेको जानकारी दिए । आफन्तहरु मिनिट्रक रिजर्व गरेर शिखरबेसी पुगेका थिए । 

प्रहरीका अनुसार बा३ख ३९१३ नम्बरको गाडी शुक्रबार साँझ ५ बजे बरखीबाट फर्किने क्रममा दुर्घटना भएको हो । गाडीमा करीब ३० यात्रु सवार रहेको जानकारीमा आएको उनले बताए । कच्ची र साँघुरो सडक र चालक पनि लाइसेन्स नभएको बुझिएको वडा नम्बर ७ का वडा सदस्य भेष बहादुर सिटौलाले लोकान्तरलाई जानकारी दिए । 

दुर्घटनामा ज्यान गुमाउनेहरु अधिकाँश तामाङ थरका रहेको प्रारम्भिक जानकारीमा आएपनि प्रहरीले सनाखत गर्न बाँकी रहेको छ । दुर्घटनास्थल निकै दुर्गम स्थानमा भएकाले विस्तृत विवरण प्राप्त गर्न समय लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी बसन्त कुँवरले जानकारी गराए ।   गाडी सडकबाट करीब ५०० मिटर तल खोँचमा खसेको छ । 

salt training

कमेन्ट गर्नुहोस्