०८ असार २०८३, सोमबार

आईफोनको आईको के अर्थ लाग्छ ?

कात्तिक २०, २०७४
आईफोनको आईको के अर्थ लाग्छ ?
काठमाडौं, २२ फागुन — आईफोन संसारभरि चिनिएको सुप्रसिद्ध ब्रान्ड हो । यसमा भएको अंग्रेजीको सानो आईको चाहिँ अर्थ के होला त ? यस्तो जिज्ञासा तपाईंमा हुन सक्छ ।


आई भनेको म भनेको त होइन ? म फोन वा मेरो फोन भन्ने जनाउन आई राखिएको हुनसक्छ ।

तर सन् १९९८ मा स्टिभ जब्सले आईम्याक सार्वजनिक गर्दा पत्रकारहरूलाई आईको अर्थ इन्टरनेट भएको बताएका थिए । त्यतिखेर इन्टरनेटमा नयाँ नयाँ प्रयोग भइरहेको थियो र आईम्याक ल्याउनुका पछाडि इन्टरनेटमा छिटो काम गर्न सकियोस् भन्ने पनि उद्देश्य थियो ।

तर समयक्रममा आईको परिभाषा बदलिँदै गयो । आईले बिस्तारै इन्फर्मेसन (सूचना), इन्डिभिजुअल (व्यक्ति), इन्स्ट्रक्ट (शिक्षण गर्ने), इन्फर्म (सूचना दिने) र इन्स्पायर (प्रेरणा दिने) लगायतका अर्थ दिन थाल्यो ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्