०६ असार २०८३, शनिबार

नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक

मंसिर २९, २०७५
नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय र स्थायी कमिटी बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक दिउँसो १ बजे र सचिवालय बैठक बिहान ११ बजे बस्न लागेको हो । 

स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक बस्न लागेको नेता विष्णु रिजालले जानकारी दिए । स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय धुम्बाराही लागेको हो । सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि स्थायी कमिटी बैठकमा छलफल हुने नेकपाले जनाएको छ । 
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्