२२ जेठ २०८३, शुक्रबार

कपिलले दिए विवाहको पार्टी, फोटो बन्यो भाइरल

मंसिर २९, २०७५
कपिलले दिए विवाहको पार्टी, फोटो बन्यो भाइरल

१२ डिसेम्बरमा कपिल शर्मा र गिन्नी चतरथ जालंधर विवाह बन्धनमा बाँधिए ।

शुक्रबार कपिलले अमृतसरमा नातेदार तथा साथीहरुका लागि पार्टी दिएका छन् ।कपिलले सामाजिक सञ्जाल फ्यानक्लब एकाउन्टमा रिसेप्शनको फोटो भाइरल भएको छ । 

तस्वीरमा कपिल पर्पल कलरको शेरवानीमा देखिएका छन् भने गिन्नी परम्परागत खालको पोशाकमा देखिएकी छिन् ।

गिन्नीले हातमा रातो चुरा गलामा मंगल शुत्र, निधारमा टीका लगाएकी छिन् । उनी निकै सुन्दर दखिएकी छन् । उनीहरुले दिएको पार्टीको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

 अमृतसरपछि कपिलले मुम्बइमा पार्टी दिनेछन् जसमा बलिउड तथा टिभी क्षेत्रका नाम चलेका हस्तीहरु उपस्थित हुने छन् ।

मुम्बइमा २४ डिसेम्बमा पार्टी दिने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

कपिल र गिन्नीले दुई रीति अनुसार विवाह गरेका थिए । पहिलो विवाह हिन्दू तथा अर्को विवाह शिख परम्परा अनुसार भएको थियो । 

विवाह लगत्तै कपिल पुन टेलिभिजन कार्यक्रममा सहभागी हुँदैछन् । उनको नयाँ कमेडी शो अनएयर हुनलागेको छ । 
 
 

salt training

कमेन्ट गर्नुहोस्