
काठमाडौं– भारतीय फिल्म उद्योगमा चर्चामा रहेका कलाकारहरुको कमाइको विषयमा सबैमा चासो रहने गरेको छ । सयौं करोडको कमाई गर्ने फिल्मबाट कलाकारले पारिश्रमिक मात्र पाउँछन् कि अन्य रकम पनि पाउँछन् भन्ने विषय भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।
भारतीय कलाकारहरुले फिल्म खेले बापत पाउने रकम बाहेर कमाइको रकम पनि लिने गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जस अनुसार सामान्यतया कुनै पनि एक चलचित्रबाट कुन कलाकारले कति रकम प्राप्त गर्छन् भन्ने यहाँ उल्लखे गरिएको छ । जसमा सलमान खान सबैभन्दा अगाडि देखिएका छन् ।
उसो त उनी वर्षभरिमा सबैभन्दा धेरै कमाइ गर्ने भारतीय कलाकारहरुको सूची प्रकाशित गर्ने पत्रिका फोर्ब्सले पनि जनाएको छ । उनले एक चलचित्रबाट कम्तिमा १ सय करोड आम्दानी गर्ने गरेका छन् । त्यसतै आमिर खानले कम्तिमा ८० करोडको कमाइ गर्ने गरेका छन् ।
आम्दानी प्रतिचलचित्र
सलमान खान : कम्तीमा १ सय करोड
आमिर खान : कम्तीमा ८० करोड
शाहरूख खान : कम्तीमा ७५ करोड
अक्षय कुमार : ७५ करोडसम्म
ऋतिक रोशन : ६५ करोडसम्म
रणवीर कपुर : ४० करोड
अजय देवगन : ३५ करोड
रणवीर सिंह : ३२ करोड
अमिताभ बच्चन : २५ करोड
शहिद कपुर : २५ करोड
बरुण धवन : २० करोड
दीपिका पादुकोण : १९ करोड
कंगना राणवत : १७ करोड
सैफअली खान : १६ करोड
करिना कपुर : १६ करोड
प्रियंका चोपडा : १५ करोड
विद्या वालन : १० करोड
कैटरिना कैफ : १० करोड
अनुष्का शर्मा : ८ करोड
आलीया भट्ट : ८ करोड
सोनाक्षी सिन्हा : ६ करोड
श्रद्धा कपुर : ५ करोड